Monday, January 13, 2014

तिमी भन्दा साच्चै बोतल प्यारो छ


तिमी भन्दा साच्चै बोतल प्यारो छ
गरीबलाई पक्कै लोकल प्यारो छ

भाग्य कमजोर हो कि मेरो चरित्र तिम्रो
बैगुनीलाई केवल छल प्यारो छ

जून र ताराका कुरा गर्छौ तिमी त्यता
यता आकाश ढाक्ने बादल प्यारो छ

आखा मन पराए भन्दिन म सत्य
मात्र केवल मलाई गाजल प्यारो छ

सुनले छोपिएको सपनामा नहराऊ
यो परिवेशमा पित्तल प्यारो छ

फुलका कुरा गर्दै नगर:


फुलका कुरा गर्दै नगर:

काडा भकोको छ जिन्दगी फुलका कुरा गर्दै नगर ।।
रङी चङी सजाउने तुलका कुरा गर्दै नगर ।।

तिमी र म खोलाका दुई किनर रहेछौ
किनर जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ।।

गल्ती गर्दैन कस्ले ?नजानेर गल्ती हुन्छ
जानी जानी गरिएका भुलका कुरा गर्दै नगर ।।

सम्भब भए मात्र हो मान्छे ले प्रयास गर्ने
मरभुमिमा मुलका कुरा गर्दै नगर ।।

भनिदैन सस्कार देखिन्छ व्यबहारमा
मसँग चै यस्तो गरी कुलका कुरा गर्दै नगर ।।

थाहा छ पिरतिमा हुनुपर्छ समर्पण
एकतर्फी समर्पणको रुलका कुरा गर्दै नगर ।।

copyright: @ nirakshar niraula

म माहुरी हूँ !मैया तिमी आँप मञ्जरी हौ॥



म माहुरी हूँ !मैया तिमी आँप मञ्जरी हौ॥
तर हैन ,म कलेजा,तिमी धारी खञ्जरी हौ॥

म घामको बटुवा छटपट गरि हिँडेको 
ठण्डा हावा ,तिमी- हौ ग्रीष्मकि झरी हौ ।।

कहाँ तिमी कहाँ म ,तिमी फुल हौ म किरो
म पृथ्बीको मनुवा, तिमी स्वर्गकी परी हौ ।।

तिमी सुहाउँदो म ? सत्ते छि: के भनेको
पिँजडा म पित्तले हुँ , तिमी सुनकी चरी हौ ।।

Copyright @ भीमनिधी तिवारी

अब त जिन्दगी यो झुरजस्तो लाग्छ ॥



सनिबारको फुर्सदमा फेरी कलम दौडियो-

अब त जिन्दगी यो झुरजस्तो लाग्छ ॥
आफ्नै छाँया पनि दुरजस्तो लाग्छ ॥ 

तिमीसँगै हुँदा लाग्थ्यो जीबन सकिदैन
तर आज किनकिन क्षणभङ्गुरजस्तो लाग्छ ॥

स्वाद छैन अचेल आफ्नै यो जीब्रोमा
गुलिया सब चिज अमिलो अङ्गुरजस्तो लाग्छ ॥

म बद्लीएँ या बद्लीयो -त्यो गाइने
सबै-सबै गीत उसका बेसुरजस्तो लाग्छ ॥

Copyright @ निरक्षरमा

म जानेरै किन हारुँ अविश्वासको धुर देखेर,



म जानेरै किन हारुँ अविश्वासको धुर देखेर, 
न त जुनै भुली जाउँ कलियुगको नुर देखेर।

कुन यौवन थियो र मिठो वेस्वादी नजरमा?
मोहिनी अन्तै पो भाग्थी मभीत्र असुर देखेर। 

जिन्दगी रहरै-रहरको यात्रा, निरहर म,
अनी जान्छे जाली माया सुनैमा मसुर देखेर।

आज मदिरामा डुब्ने एक्लो वैरागी भाछु साथी,
हिजो नपिएकै प्यालामा पनि कसुर देखेर।

किरण(२०७०-०२-०९)

yati koml man pani pheri kina dukhyo hajur



yati koml man pani pheri kina dukhyo hajur|
sunya tyo ratma pani kukur kina bhukyo hajur|

loadseding ko marle desai andhakar huda....|
adhyaro mai baratle nepali vumi lutyo hajur......

आज नवचन्द्र लुट्न देउ


अस्थिर त्रिश्णामा आज नवचन्द्र लुट्न देउ, 
वीपुल चाहमा सारा मन्दाकिनी लुट्न देउ। 

यदी वसन्ती पर्ण त्यी उनकै रुप भए,
सवल श्रुतीको समीर उसैमा जुट्न देउ।

किन हो खै ! त्यो शिर झुकाएर गई



~~~यौटा बाध्यता~~~

किन हो खै ! त्यो शिर झुकाएर गई ॥
पिरतीका अभियान सारा रुकाएर गई ॥ 

के थियो रहश्य -जाबो त्यो चिठ्ठीमा ?
सोध्छु भन्दाभन्दै लुकाएर गई ॥

नपरोस् रून भोली-भनेर पो हो की !
मेरा सामु आँसु सारा चुवाएर गई॥

सिकीसके थेँ मैले- आफै एक्लै रम्न
सुकेको दिलको घाउ उप्काएर गई ॥

भन्थी- 'यौटा बाध्यता छ ' कस्तो केहो त्यो ?
आधा लुकाई आधा कुरो फुकाएर गई ॥

Copyright @ निरक्षर

दुईटै हो रात आज चारबन्दैछ किन



बिदाको दिनमा कलम दगुर्दैछ जताततै ..।।

दुईटै हो रात आज चारबन्दैछ किन ..!! 
आफ्नो जीवन आफैंसंग भार बन्दैछ किन ..!!

कदम कदमम ठक्करै ठक्कर भो हजूर .....!!
बिगत देखिनै दु:ख मेरो सार बन्दैछ किन..!!!

पाईला पाईलामा तड्पिदैछ जीवन..!!
ठॉउ ठॉउमा दु:ख आज यारबन्दैछ किन ..!!!

अनवरत अघि बढ्न खोज्दा खोज्दै पनि

, पृथकआज जिन्दगीबाट हार मान्दैछ किन..!!!

म रूदिनँ देशले मलाई रूवाइरहेछ॥



यौटा गजल माटोका निमित्त-

म रूदिनँ देशले मलाई रूवाइरहेछ॥
आशु सरी तप्प-तप्प चुवाइरहेछ॥

चिन्ता छैन कसैलाई ,मै किन चिन्तीत ?
नछोऊ भन्छु माटो ,पैतालाले छुवाइरहेछ॥

खै को छ देशभत्त ? देशका निम्ती रूने
नगाऊँ भन्छु गीत- यी ओठले गवाइरहेछ॥

सकेन खै दिन कै ,देशलाई 'निरक्षर'ले
नखाऊँ भन्छु उधारो- बाध्यताले खुवाइरहेछ॥

copyright @ निरक्षर


Nachahada nachahadai, tadhiyeko maya mero.
Birsu timlai kasogari, pahilo maya timi mero.

Wiwashatama tukriyeko, bhawana nata hamro.
Bhulu timlai kasogari, rani timi  manko mero

पातमा रैछ जिन्दगी



गजलको Thesis लेख्दै थिएँ यौटा गजलमा घोत्लीन करै लाग्यो-

फुलैफुलमा खोजी हिडेँ पातमा रैछ जिन्दगी॥
तिम्रो हाम्रो आफ्नै हातहातमा रैछ जिन्दगी॥

खोजीरहेँ खोजीरहेँ भौतारिँदै -एक्लै
यिनै मेरा साथीभाइको जमातमा रैछ जिन्दगी॥

सोचेकोथेँ भेट्छु -गन्तब्यमा पक्कै
कँहा भेट्नु गन्तब्यमा ! सुरूवातमा रैछ जिन्दगी॥

पाना- पाना पल्टाउँदै खोज्थेँ -म पुस्तकमा
प्रीयसीका मिठा मिठा बातमा रैछ जिन्दगी॥

COPYRIGHT: @ निरक्षरमा


मेरा अनन्य मित्र धर्मराज थापा र मैले सँयुत्त रुपमा तपार पारेको यो गजल-

सर्प हो की नाग म चिनुँ कसरी॥
कोईली हो कि काग म चिनुँ कसरी॥

चन्द्र जस्तो मुहारमा ,रैछ कालो कोठी
निशानी हो कि दाग म चिनुँ कसरी॥

दिएकै हो उसले, एक थुङ्गो फुल
उपहार हो कि माग म चिनुँ कसरी॥

घरबार छोडी साधु ,मन्दिर मन्दीर चहार्छ
राग हो कि बैराग म चिनुँ कसरी॥

माया देखायौ तिमीले बदलामा माया खोज्दै
स्वार्थ हो कि त्याग म चिनुँ कसरी॥

COPYRIGHT:@ धर्मराज , निरक्षर

जाँदाजाँदै तिमीले रूवाएर गयौ

 निरक्षर निरौला
यो प्रभातकालीन क्षणमा यौटा तात्ततातो गजल पस्किएँ -

जाँदाजाँदै तिमीले रूवाएर गयौ ॥
भित्रैदेखि यो दिल मेरो दुखाएर गयौ ॥

सात दिन सात रात ,रोइरहेँ रोइरहेँ
आँखाका यी आँसु सारा चुवाएर गयौ ॥

टुङ्गो रहेनछ रत्तीभर तिम्रा ती बचनका
झुटा-झुटा कसम हजार खुवाएर गयौ ॥

ढकमक्क फुल्दै बास्ना छर्न हो कि !
मलाई यहाँ यसरी कुवाएर गयौ ॥

Copyright @ निरक्षरमा