Monday, January 13, 2014

म माहुरी हूँ !मैया तिमी आँप मञ्जरी हौ॥



म माहुरी हूँ !मैया तिमी आँप मञ्जरी हौ॥
तर हैन ,म कलेजा,तिमी धारी खञ्जरी हौ॥

म घामको बटुवा छटपट गरि हिँडेको 
ठण्डा हावा ,तिमी- हौ ग्रीष्मकि झरी हौ ।।

कहाँ तिमी कहाँ म ,तिमी फुल हौ म किरो
म पृथ्बीको मनुवा, तिमी स्वर्गकी परी हौ ।।

तिमी सुहाउँदो म ? सत्ते छि: के भनेको
पिँजडा म पित्तले हुँ , तिमी सुनकी चरी हौ ।।

Copyright @ भीमनिधी तिवारी

No comments:

Post a Comment