कस्ले भन्यो अमृत भनेर जहर हो जिन्दगी ।।
कहिल्यै पुरा नहुने रहर हो जिन्दगी ।।
निर्वाध बग्न पाइन्न निर्देशानमा चल्नु पर्छ
हुँदै हैन खोलो यो नहर हो जिन्दगी ।।
सच्चा इमन्दारिता नखोज्नु तिमीले यहाँ
बुझी राख गाउ हैन शहर हो जिन्दगी ।।
यता तान्यो उता उदाङो उता तन्दा यता
न यता न उता ठाउँ न ठहर हो जिन्दगी ।।
खै के अर्थ छ भन ?समुन्द्रका ति छालको
तेस्तै तेस्तै अर्थ हिन लहर हो जिन्दगी ।।
No comments:
Post a Comment