गजल
(काँच जस्तो मुटु)
काँच जस्तो मुटु मेरो चर्काउछौ किन ?
सेकुवा हैन मुटु हो यो झर्काउछौ किन ?
कति जानु रेस्टुरेन्ट घरमै खाए हुन्न ?
'जाने हो कि हैन' भन्दै थर्काउछौ किन ?
हजार ओटा आँखा हुन्छन फुलमाथि नजर गाड्ने
हिड्दा पनि कम्मर तिमी मर्काउछौ किन ?
को चै रैछ यति राति तिमिलाई फोन गर्ने
'WRONG NUMBER' भन्दै फेरि फर्काऊछौ किन ?
©सुरक्षित
No comments:
Post a Comment