Tuesday, November 12, 2013

" छत "

अन्तर सङ्घस्र नभएको
सर्ब सहमतले परित भएको
कुनै राजनितिक पार्टीको
केन्द्रिय meeting बाट परित
भएको कार्य दिशा झै परित भएको थियो
तिम्रो र मेरो लेक
घुम्ने चाहनाहरु

इसारा गरे चाहना भेट्न
डुलायौ आखा चारतिर
सुस्तरी कानमा भन्यौ
प्रिय
प्रतिकुल बाताबण छ
र ,रोक्यौ लेक घुम्ने चाहना
बनायौ मलाई
आत्मा बिहिन दोबाटोको सालीक
दियौ मुहार भरि
आउसिको अन्धरो रात

जब,म उक्ले
जून तारा हेर्न छत तिर
सपना र चाहना बिहिन
मुत्य मन्छे झै
छ्त सुतिरको थियो
हो त्यही पल
ओ चाहना कि नायिका
म माथि उदासी र दुखि
हावा उद्डै थियो ........
 

copyright @  Prabin Tumbapo

No comments:

Post a Comment