Tuesday, April 15, 2014

सुनझैँ हजारौँ पटक खारेको जिन्दगी

पुरानो डाइरीबाट 
यौटा गजल (मिति 2067-06-19)

सुनझैँ हजारौँ पटक खारेको जिन्दगी ॥
कुन बेहोसीले भन्छ ?हारेको जिन्दगी॥
कैले यता कैले उता ज्यानै जोखिम गराएर
आफन्तैकोमा डराइ डराई सारेको जिन्दगी ॥
कति आए आए- दुख, कष्ट ,पीडाहरू
यसो उसो त्यसो गरी टारेको जिन्दगी ॥

-निरक्षर

No comments:

Post a Comment