बैगुनी रहीछयौ तिमी ,फुल्दफुल्दै झरिदियौ
कागको हुलमा बेल बनी ,फल्नु त मैले थियो
खुकुरिको एकै चोटमा ,टुक्रा बनी चोइटीगयौ
सीङगो रुख झै ,बज्रियर ढल्नु त मैले थियो
दु:ख पिडा मलाई छोडि ,हरायौ नि बिच बाटोमै
अन्धकारमा खोज्दै एक्लै ,गल्नु त मैले थियो
सलेदो पो .......
तिमीलाई खाने दानब रे म ,छोडि गयौ यही चिनो
समाजका तिखा प्रहार ,छल्नु त मैले थियो
दैब पनि देब्रे भयो ,हत्कडी लाग्यो हातमा
साथ दिने तिमी थिइनौ ,चुडाल्नु त मैले थियो
अपहेलित हामी दुबइ ,यो जगत तिमीले छोड्यौ
पुरानो सोचको समाज, बदल्नु त मैले थियो
सलेदो पो तिमी बन्यौ, बल्नु त मैले थियो
चिता माथी तिमी चढेउ , जल्नु त मैले थियो
No comments:
Post a Comment