
मेरा अनन्य मित्र धर्मराज थापा र मैले सँयुत्त रुपमा तपार पारेको यो गजल-
सर्प हो की नाग म चिनुँ कसरी॥
कोईली हो कि काग म चिनुँ कसरी॥
चन्द्र जस्तो मुहारमा ,रैछ कालो कोठी
निशानी हो कि दाग म चिनुँ कसरी॥
दिएकै हो उसले, एक थुङ्गो फुल
उपहार हो कि माग म चिनुँ कसरी॥
घरबार छोडी साधु ,मन्दिर मन्दीर चहार्छ
राग हो कि बैराग म चिनुँ कसरी॥
माया देखायौ तिमीले बदलामा माया खोज्दै
स्वार्थ हो कि त्याग म चिनुँ कसरी॥
COPYRIGHT:@ धर्मराज , निरक्षर
No comments:
Post a Comment