
~~~यौटा बाध्यता~~~
किन हो खै ! त्यो शिर झुकाएर गई ॥
पिरतीका अभियान सारा रुकाएर गई ॥
के थियो रहश्य -जाबो त्यो चिठ्ठीमा ?
सोध्छु भन्दाभन्दै लुकाएर गई ॥
नपरोस् रून भोली-भनेर पो हो की !
मेरा सामु आँसु सारा चुवाएर गई॥
सिकीसके थेँ मैले- आफै एक्लै रम्न
सुकेको दिलको घाउ उप्काएर गई ॥
भन्थी- 'यौटा बाध्यता छ ' कस्तो केहो त्यो ?
आधा लुकाई आधा कुरो फुकाएर गई ॥
Copyright @ निरक्षर
No comments:
Post a Comment