
गजलको Thesis लेख्दै थिएँ यौटा गजलमा घोत्लीन करै लाग्यो-
फुलैफुलमा खोजी हिडेँ पातमा रैछ जिन्दगी॥
तिम्रो हाम्रो आफ्नै हातहातमा रैछ जिन्दगी॥
खोजीरहेँ खोजीरहेँ भौतारिँदै -एक्लै
यिनै मेरा साथीभाइको जमातमा रैछ जिन्दगी॥
सोचेकोथेँ भेट्छु -गन्तब्यमा पक्कै
कँहा भेट्नु गन्तब्यमा ! सुरूवातमा रैछ जिन्दगी॥
पाना- पाना पल्टाउँदै खोज्थेँ -म पुस्तकमा
प्रीयसीका मिठा मिठा बातमा रैछ जिन्दगी॥
COPYRIGHT: @ निरक्षरमा
No comments:
Post a Comment