
म जानेरै किन हारुँ अविश्वासको धुर देखेर,
न त जुनै भुली जाउँ कलियुगको नुर देखेर।
कुन यौवन थियो र मिठो वेस्वादी नजरमा?
मोहिनी अन्तै पो भाग्थी मभीत्र असुर देखेर।
जिन्दगी रहरै-रहरको यात्रा, निरहर म,
अनी जान्छे जाली माया सुनैमा मसुर देखेर।
आज मदिरामा डुब्ने एक्लो वैरागी भाछु साथी,
हिजो नपिएकै प्यालामा पनि कसुर देखेर।
किरण(२०७०-०२-०९)
No comments:
Post a Comment