Monday, January 13, 2014

फुलका कुरा गर्दै नगर:


फुलका कुरा गर्दै नगर:

काडा भकोको छ जिन्दगी फुलका कुरा गर्दै नगर ।।
रङी चङी सजाउने तुलका कुरा गर्दै नगर ।।

तिमी र म खोलाका दुई किनर रहेछौ
किनर जोड्छु भन्दै पुलका कुरा गर्दै नगर ।।

गल्ती गर्दैन कस्ले ?नजानेर गल्ती हुन्छ
जानी जानी गरिएका भुलका कुरा गर्दै नगर ।।

सम्भब भए मात्र हो मान्छे ले प्रयास गर्ने
मरभुमिमा मुलका कुरा गर्दै नगर ।।

भनिदैन सस्कार देखिन्छ व्यबहारमा
मसँग चै यस्तो गरी कुलका कुरा गर्दै नगर ।।

थाहा छ पिरतिमा हुनुपर्छ समर्पण
एकतर्फी समर्पणको रुलका कुरा गर्दै नगर ।।

copyright: @ nirakshar niraula

No comments:

Post a Comment